उद्देश्य तथा लक्ष

  >  

उद्देश्य तथा लक्ष

उद्देश्य तथा लक्ष

प्राबिधिक पक्ष

काठमाण्डौ उपत्यका भित्र आधूनिक प्रशोधन केन्द्र स्थापना गर्ने । उपत्यका बाहिर सम्भावित क्षेत्रहरुमा सँकलन तथा उप सँकलन केन्द्र स्थापना गरेर कृषि उपजलाई सिधै खरिद गर्ने । सँकलन केन्द्रहरुबटै बस्तुको शुद्धता र गुणस्तर परिक्षण गरी खरिद गर्ने । प्रशोधन गर्ने प्रबिधि बाहिरबाट ल्याउने । सफाइ, ग्रेडिङ, प्रमाणिकरण, बिषादी परिक्षण, प्याकेजिङ र ब्राण्डिङका प्रकृया अबलम्बन गर्ने । प्रशोधन तथा सँकलन केन्द्रहरुमा भण्डारण तथा शीत भण्डार राखिने ।

ढुवानीका लागि यातायातका साधनहरुमा आवश्यकता अनुसार तापक्रम नियन्त्रक प्रबिधि जडान गर्ने । सुपरमार्केट, आउटलेट र मोबाइल आउटलेटहरुमा पनि फ्रिज, डिपफ्रिज जडान गरिने । सफ्ट्वेयर मार्फत एप्स र सामाजिक सन्जाल तथा मेडिया मार्फत बस्तुहरुको मुल्य निर्धारण, बजारको अवस्था, माग र आपूर्तिको जानकारी दिने । साथै खाद्द सुरक्षा, पोषणको जानकारी, मल बिउ र प्रबिधीको जानकारी दिने । तालिम, प्रक्षिशण र अनुसन्धान र बिकासको पक्षलाई पनि सँगसँगै लैजाने ।

अनुसन्धान पक्ष

क्रमिक रूपमा प्राङरिक तर्फ उन्मुख गराउने । तालिम प्रशिक्ष्णको ब्यबस्था गर्ने, अनुसन्धान र प्रयोगशालाको स्थापना गर्ने । पोषण र खाद्द सुरक्षा बारे चेतना अभिब्रिद्धी गर्ने । राष्ट्रिय अन्तरराष्ट्रिय बजारको नियमित अध्ययन र अनुगमन गर्ने ।

anusandhan

बर्तमान अवस्था

बाह्य प्रबिधिहरुको अध्ययन अबलोकन जारी छ । र मुख्यत परियोजनाको लागि काठमाडौं उपत्यका भित्र आधूनिक प्रशोधन केन्द्र सहित कृषि ब्यापार केन्द्रको लागि चाहिने जग्गा, लामो समयको लिजमा उपयोग गर्ने गरी नेपाल सरकार वा कुनै सस्थाबाट प्राप्तिका लागि प्रयत्न जारी छ।
तीनै तहका सरकारबाट सहजिकरण :
सँघिय कृषि मन्त्रालयबाट आबस्यक सहजिकरण गरिदिने प्रतिबद्धता आइसकेको छ । प्रदेश ३ सरकार अर्थमन्त्रिज्युको बजेट घोषणाबाट गैरआबासिय नेपाली संघ, कृषि प्रबर्द्दन समितिको कृषि बजार परियोजनालाइ पूर्वधारका लागि आकर्षक बजेट बिनियोजन गरिएको छ र सोही अनुसार कृषि मन्त्रालयबाट कार्यबिधि समेत बनी सकेको छ । काठमाण्डौ उपत्यकाका स्थानिय सरकार नगरपालिकाबाट प्रशोधन केन्द्र र बजारका लागि जग्गा लिजमा दिने बारेमा उत्साहप्रद प्रगति भै

११ बैशाख २०७६ मा प्रदेश ३ मुख्यमन्त्रिज्यूको बिशेष पहलमा एनआरएनए कृषि प्रबर्द्दन समिति र कृषि मन्त्रालय प्रदेश ३ सँग प्रशोधन सहितको आधूनिक कृषि बजार स्थापना र सँचालनको लागि आबस्यक पूर्वधार र आधार तयार गर्न एक कार्यदल मार्फत काम भै रहेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा एक पब्लिक कम्पनी निर्माणका लागि कानूनी परामर्श शुरु भै सकेको छ । कम्पनी निर्माणका लागि एनआरएन समुदाय र निजी क्षेत्र तथा कृषक संघ संस्थाहरु माझ सम्भावित संस्थापक सदस्यहरुको नामावली सँकलन शुरु भएको छ ।

परियोजनाको ब्याबसायिक योजना निर्माण गर्न काठमाडौं विश्वबिद्दालय स्कुल अफ म्यानेज्मेण्ट (KUSOM) लाई दिने निर्णय भै सकेको छ ।


लगानीको अबस्था

सार्वजनिक निजी साझेदारी मोडलमा पब्लिक कम्पनी मार्फत सामुहिक लगानी जुटाइनेछ । प्रदेश सरकारले नितिगत तह, जग्गा तथा पूर्वधारमा सहजिकरण गरिदिनेछ र ब्याबसायिक योजना बनाउने खर्च ब्यहोर्ने छ । ब्यबस्थापकिय पक्ष एनआरएन र निजी क्षेत्रले हेर्नेछ ।

कृषकको उत्पादनको Buy Back Guarantee मुनाले गरी दिनेछ साथै हरेक कृषकले मुना बजारमा लगानी गर्ने हैसियत पनि राख्न सक्नेछ । यसरी डायस्पोरा नेपाली समुदाय, नेपालको निजी क्षेत्र र सरोकारवाला कृषक तथा कृषि सहकारि संघ संस्था,सामुहिक अपन्त्व बाट लगानी जुटाइनेछ ।

मुना बजारको सम्भावना र प्रतिस्पर्धा

मुना कृषि बजारले स्वस्थ गर्दछ । किसानलाई बजारको सुनिस्चित गर्दछ । कृषि उपजलाई आबस्यक सफाइ तथा प्रशोधन गरेर मात्र उपभोक्ताका लागि बजारमा पुर्याउछ । सँकलन केन्द्रहरु किसानको पायक पर्ने स्थानमा हुने भएकोले किसानले मुल्य राम्रो पाउने र उपभोक्ताले सुपथ मुल्यमा सामान खरिद गर्न सक्दछ । मुना बजारको पद्दति भित्र बिचौलियाको । सँकलन केन्द्र, ढुवानी प्रकृया, प्रशोधन केन्द्र र आउटलेट मार्केटहरुमा उच्च प्रबिधी, शीत भण्डार, , फ्रिजर डिपफ्रिजरको ब्यबस्था गरिने भएकोले बस्तुहरु ताजा रहनेछ । असल कृषि अभ्यास मार्फत क्रमिक रूपमा किसानले उत्पादन गर्ने भएकोले प्राँगरिक उन्मुख कृषि बजार हुनेछ । प्रमाणिकरण र ब्राण्डको ब्यबस्थाले विश्वशनियता बढ्दै जानेछ । उच्च मुल्यका बस्तुहरुलाई बाह्य मुलूकमा बजारिकरण गरिनेछ । मुना बजार स्वस्थ प्रतिस्पर्धामा विश्वाश राख्द्छ ।

कृषि उपजको Post Harvest Loss को मात्रा झन्डै २५ प्रतिशतको हारहारिमा छ, त्यसलाई मुनाले रोक्नेछ । बिषादी खाद्द बस्तुको कारण झन्डै ३५ प्रतिशतको हारहारिमा उपभोक्ताहरु प्रणघातक रोगका शिकार भएका छन, त्यसलाई न्युनिकरण गर्न मुनाले भूमिका निभाउनेछ । कृषि पेशालाई मर्यादित तथा सम्रिद्धी र बिकासको आधार बनाउन सहायक हुनेछ – मुना । राष्ट्रिय योगदानमा मुनाले बिशेष भूमिका निर्बाह गर्नेछ ।

PRODUCTION & LINKAGE

मुना बजारले शुरुको अवस्थामा बजारमा केन्द्रित रहे पनि उत्पादन क्षेत्रमा पनि सहभागि हुने निति अबलम्बन गर्दछ । यसका लागि साना ठूला किसान समूह र सहकारि तथा ब्याबसायिक उत्पादकहरुसँग सहकार्य गर्दै जानेछ । ‘डेमो-प्रोजेक्ट’ को रूपमा केहि साना ठूला ब्याबसायिक खेती शुरु गर्न सक्नेछ । ‘कन्ट्र्याक्ट फार्मिङ’को निति अबलम्बन गर्दै Backward Linkage र Forward Linkage लाई ब्यबस्थित गर्नेछ ।

investment

शेयर लगानीको क्राइटेरिया :
प्रमोटर (संस्थापक) शेयर : न्युनतम ५ लाख रुपैया देखि अधिकतम १० लाख रुपैया सम्म (ब्यक्तिगत)
प्रमोटर (संस्थापक) शेयर : न्युनतम १० लाख रुपैया देखि अधिकतम १ करोड रुपैया सम्म (संस्थागत)
साधारण शेयर : न्युनतम १० हजार रुपैया देखि अधिकतम १० लाख रुपैया सम्म (ब्यक्तिगत)
साधारण शेयर : न्युनतम १० हजार रुपैया देखि अधिकतम १ करोड रुपैया सम्म (संस्थागत)

 

पुँजिको आयतन

मुना कृषि बजारको अनुमानित कुल लगानी पुँजिको आयतन २ अरब ४१ करोड रुपैयाको हुनेछ (यद्दपी KUSOM को अध्य्यन पछि ब्याबसायिक योजना र बित्तिय पक्षको यकिन प्रतिबेदन प्राप्त हुनेछ) । यो तहमा गरिने लगानिको बजार ब्यबस्थाले मात्र निर्धारित सरकारी ‘प्रोफिट मार्जिन’ भित्र रहेर परियोजनालाई दिगो रूपमा सँचालन गर्न सकिन्छ । कृषिमा देखिएको बिद्दमान चुनैतिलाई सम्बोधन गर्न र उत्पादक तथा उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउन यो स्तरको परियोजनाको अबधारणा अघि सारिएको हो ।

मुना कार्यदलले ६ महिना भित्र मुना आधूनिक कृषि बजारको सबै आन्तरिक तथा बाह्य प्रकृया, ब्यबस्थापन र सँचालन प्रकृया पूरा गरी एक पद्दतिको बिकास गर्दै निजी क्षेत्रले ब्यबस्थापकिय भूमिका निर्बाह गर्ने गरी सार्वजनिक निजी साझेदारी मोडलमा एक ‘मुना पब्लिक कम्पनी लि’ निर्माण गरेर बिधिवत हस्तान्तरण गर्दछ ।


Top